मंगलबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले १ सय ७७ रनको लक्ष्य १७.३ ओभरमै पूरा गर्यो ।
काठमाडौँ — अनिल साह र माज सदाकतको अर्धशतकीय प्रहारपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले १ सय ७७ रनको लक्ष्य १७.३ ओभरमै पूरा गर्यो । कपुरका अनिल, रुपेश सिंह, सदाकत र लफ्टी इटनले १–१ विकेट लिए ।
आसिफ शेख १८ रनमा आउट भएपछि अनिलले ३६ बलमा ६१ र सदाकतले ३० बलमा ६३ रन प्रहार गर्दै ३७ बलमा ७९ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच बनेका अनिलले ४ चौका र ३ छक्का हान्दा सदाकतले ६ चौका र ४ छक्का प्रहार गरे ।
![Janakpur's first win in the fifth match [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npljanakpurboltsvschitawanrhinos12022025c7a2321-02122025103624-1000x0.jpg&w=1001&h=0)
![Janakpur's first win in the fifth match [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npljanakpurboltsvschitawanrhinos12022025img9050-02122025103851-1000x0.jpg&w=1001&h=0)