काठमाडौँ — राजधानी काठमाडौं आज प्रदूषित देखिएको छ । चिसो बढेसँगै आकाश धुम्म छ भने वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ ।
वायुमण्डलमा धुलो र प्रदूषक उच्च हुँदा ‘संवेदनशील समूह’ (बूढाबूढी, सासप्रश्वास समस्या भएका, बच्चाबच्ची) ले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । बाहिर निस्कँदा मास्क लगाउन पनि उनीहरुले सुझाव दिएका छन् ।