जितको खुसीमा विराटनगर [तस्बिरहरू]

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ ।

मंसिर ८, २०८२

हेमन्त श्रेष्ठ

Biratnagar in the joy of victory [Photos]

काठमाडौँ — विराटनगरको लगातार तेस्रो जितको खेलमा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङले विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ ।

Biratnagar in the joy of victory [Photos]

१ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो ।

Biratnagar in the joy of victory [Photos]

सन्दीपले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए भने सूर्य तामाङले २, मर्च्येन्ट डी ल्याङ्गे र शुभम् रन्जनेले १–१ विकेट हात पारे । गत सिजन प्लेअफबाट बाहिरिएको विराटनगरले यो सिजनका तीनै खेल जितेको छ, जबकि च्याम्पियन जनकपुरले लगातार दोस्रो हार व्यहोरेको छ ।

Biratnagar in the joy of victory [Photos]

१३६ रनको लक्ष्य लिएर मैदान छिरेको जनकपुरका ओपनर आसिफ शेख १३ रनमा आउट भए, कप्तान अनिल साहले ४ रनमात्र जोड्न सके, लाहिरु मिलान्था २३, सञ्जय कृष्णमुर्थी २०, मयन यादव ४ रनमै आउट भए भने लफ्टी इटनले ३० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

Biratnagar in the joy of victory [Photos]

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १३५–७ को स्कोर बनाएको थियो, जसमा शुभम् रन्जने ३७, बसिर ३ छक्कासहित ३६, लोकेश बम २६, जर्ज मुन्सी १० र मार्टिन गप्टिल १३ रनमा आउट भए । जनकपुरतर्फ संगीथ कोरे र रुपेश सिंहले २–२ विकेट लिए, आदित्य महताले १ विकेट हात पारे । गत वर्षको उद्घाटन खेलमा विराटनगरलाई ८ विकेटले सहजै हराउँदै उपाधि यात्रा सुरु गरेको थियो ।

Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]
Biratnagar in the joy of victory [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully