वाटको सानदार इनिङ्सपछि कर्णालीले लुम्बिनी लायन्सलाई सजिलै ९ विकेटले पराजित गर्यो ।
काठमाडौँ — मार्क वाटको शतकमा कणाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । वाटको सानदार इनिङ्सपछि कर्णालीले लुम्बिनी लायन्सलाई सजिलै ९ विकेटले पराजित गर्यो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले त्रिवि क्रिकेट अर्न्ताष्ट्रिय रंगशालामा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५६ रन बनाएको थियो । वाटले अविजित १ सय १४ रन बनाएपछि कर्णालीले १२.२ ओभरमै १ सय ६१ रन बनाएर खेल जितेको हो ।
![Karnali's first win with Watt's century [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/watt2-22112025093226-1000x0.jpg&w=1001&h=0)
![Karnali's first win with Watt's century [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkarnalivslumbini11222025c7a6994-22112025094346-1000x0.jpg&w=1001&h=0)