ललितपुरको ठेचोमा यस्तो देखियो सांगीतिक जात्रा ।
ललितपुर — ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचोमा सांगीतिक जात्रा सम्पन्न भएको छ । शनिबार नेवारी पोसाकमा सजिएका कलाकारले विभिन्न नेवारी वाद्यवादनसहितको झाँकी र र्यालीमा सांगीतिक प्रस्तुति दिएका हुन् । उक्त अवसरमा श्री ब्रम्हायणी सांस्कृतिक मंका: खल: को दीक्षान्त समारोहको विशेष प्रस्तुति समेत देखाइएको थियो ।
![Music festival in Thecho [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thechomusicaljatra20251115010-15112025020118-1000x0.jpg&w=1001&h=0)