अघिल्लो हप्ता झरी परेपछि भित्र्याइसकिएको धान सुकाउन पाएका थिएनन् ।
काठमाडौँ — चाडपर्व सकिएसँगै किसानहरू धानलगायतका अन्न बाली भित्र्याउन व्यस्त छन् । यति बेला कतिपय किसानले धान भित्र्याइसकेका छन् भने कोही चाडपर्व सकिएसँगै धान भित्र्याउन व्यस्त छन् । अघिल्लो हप्ता झरी परेपछि भित्र्याइसकिएको धान सुकाउन पाएका थिएनन् । झरी रोकिएर घाम लागेसँगै किसानहरू धान सुकाउन व्यस्त छन् । भक्तपुरको दरबार स्क्वायर आसपास धान बत्ताएर सुकाउँदै छन् किसानहरू ।
