विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालिएको छ ।
काठमाडौँ — आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ विधिवत् सम्पन्न हुन्छ ।
सूर्यको दर्शन गर्दा भक्तजनहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो ।
![This is how Chhath was bid farewell from Gaurighat [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chaathfestivalkathmadhuphotos102820250211-28102025041047-1000x0.jpg&w=1001&h=0)
![This is how Chhath was bid farewell from Gaurighat [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chaathfestivalkathmadhuphotos102820250212-28102025041101-1000x0.jpg&w=1001&h=0)