काठमाडौंको बागमती नदी किनारस्थित गौरीघाटमा छठका लागि सरसफाइ तथा सजावट गरिएपछि सर्वसाधारणको चहलपहल बढेको छ ।
काठमाडौँ — छठका लागि बागमती किनारमा रहेका घाट तथा पोखरीहरु सिँगारिएको छ । काठमाडौंको बागमती नदी किनारस्थित गौरीघाटमा छठका लागि सरसफाइ तथा सजावटपछि मानिसहरुको चहलपहल बढेको छ । झिलिमिली बत्तीले झकिझकाउ बनाइएको गौरीघाटमा फोटो तथा भिडियो खिच्नेहरुका कारण चहलपहल देखिएको हो । शनिबारदेखि सुरु भएको तराई मधेशको विशेष पर्व छठ शनिबारदेखि विधिवत रुपमा सुरु भएको छ भने सोमबार विशेष पूजाआजासँगै यस पर्वको समापन हुनेछ ।
![Gaurighat decorated for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img8337-26102025015526-1000x0.jpg&w=1001&h=0)