मनाइँदै धनतेरस [तस्बिरहरू]

आज खरिद गरिएको नयाँ भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् । केहीले भने आजै बेलुकी धनतेरस पूजा गर्छन् ।

कार्तिक १, २०८२

सुर्याम्स उप्रेती

Dhanteras being celebrated [Photos]

काठमाडौँ — कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइँदै छ । सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

Dhanteras being celebrated [Photos]

यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् । केहीले भने आजै बेलुकी धनतेरस पूजा गर्छन् । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

Dhanteras being celebrated [Photos]

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामलेसमेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा सजायर राखिएका छन् । तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइनुका साथै यमदीपदानसमेत सुरु गर्ने चलन छ ।

Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]
Dhanteras being celebrated [Photos]

सुर्याम्स

Link copied successfully