बिहीबार बिहान उनीहरु त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । जोशीको सकुशल रिहाइका लागि दबाब दिन आमा पद्मा र बहिनी पुष्पा असोज ८ गते अमेरिका गएका थिए ।
काठमाडौँ — हमासको अपहरणपछि हत्या गरिएका विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट नेपाल फर्किएका छन् । बिहीबार बिहान उनीहरु त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । जोशीको सकुशल रिहाइका लागि दबाब दिन आमा पद्मा र बहिनी पुष्पा असोज ८ गते अमेरिका गएका थिए । हमास र इजरायलबीच शान्ति सम्झौतापछि बन्दी आदानप्रदान गर्ने क्रममा विपिन जोशीको पहिल्यै मृत्यु भइसकेको पुष्टि भएको थियो । हमासले इजरायललाई विपिनको शव बुझाइसकेको छ ।
