कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । जात्रालाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ ।
काठमाडौँ — सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ । राजधानीको हाडीगाउँमा भने बुधबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा गरियो । यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो ।
कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । जात्रालाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ ।
जात्राका लागि कतिं पुन्ही (कोजाग्रत पूर्णिमा) का दिनमा कोता: गुठीका गुठीयारहरू शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बाँसबारीमा रातभर जाग्राम बसेका थिए ।
कोजाग्रत पूर्णिमाको भोलिपल्ट सघी: पुन्ही मंगलबार बेलुका विधिपूर्वक नारायण भगवानको पूजाआराधना गरी प्राण निकाली कोता: टोलस्थित पुजारीको घरमा ल्याइएको थियो । यस दिन हाडीगाउँका रैथानेहरू निराहार बसेका थिए । व्रत बसेका पुरुषहरूले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउबराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गरेका थिए ।
![Jatra to Nowhere in Handigaon [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hadigaunjatraphoto10082025bt5a0309-08102025114520-1000x0.jpg&w=1001&h=0)
![Jatra to Nowhere in Handigaon [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hadigaunjatraphoto10082025bt5a0507-08102025114736-1000x0.jpg&w=1001&h=0)
![Jatra to Nowhere in Handigaon [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hadigaunjatraphoto10082025bt5a0492-08102025114724-1000x0.jpg&w=1001&h=0)
![Jatra to Nowhere in Handigaon [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hadigaunjatraphoto10082025bt5a0486-08102025114712-1000x0.jpg&w=1001&h=0)