यातायात सेवा अवरुद्ध हुँदा बाटोमा अलपत्र परेका, घर र आफन्तकहाँ बसिरहेका यात्रुहरू अब आ-आफ्नो कार्यक्षेत्रतर्फ फर्किरहेका छन्। दसैँमा काठमाडौँबाहिर गएकाहरू अहिले धमाधम काठमाडौँ फर्किन थालेका छन्।
काठमाडौँ — शुक्रबारदेखिको भारी वर्षा र बाढीपहिरोका कारण अवरुद्ध बनेका सडक खुलेपछि काठमाडौँको कलंकी बस स्टपमा यात्रुहरूको चहलपहल बढेको छ। वर्षाका कारण सम्भावित विपद्लाई मध्यनजर गर्दै सरकारले शनिबारदेखि लामो दुरीका सवारी साधन सञ्चालनका लागि रोक लगाएको थियो भने वर्षा र बाढी पहिरोका कारण काठमाडौँ छिर्ने सबैजसो सडकहरू अवरुद्ध बनेका थिए।
आइतबारदेखि वर्षा रोकिएको र सडकको पहिरो पन्छाइएपछि अहिले काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनहरू चलिरहेका छन्। पृथ्वी राजमार्ग, काठमाडौँदेखि हेटौँडा, नुवाकोट र काभ्रेतर्फ जाने सबै सडकहरू अहिले सञ्चालनमा छन्। यातायात सेवा अवरुद्ध हुँदा बाटोमा अलपत्र परेका, घर र आफन्तकहाँ बसिरहेका यात्रुहरू अब आ-आफ्नो कार्यक्षेत्रतर्फ फर्किरहेका छन्। दसैँमा काठमाडौँबाहिर गएकाहरू अहिले धमाधम काठमाडौँ फर्किन थालेका छन्।
![Bustle at Kalanki Bus Stop [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/naya-buspark-15-06102025080759-1000x0.jpg&w=1001&h=0)
![Bustle at Kalanki Bus Stop [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/naya-buspark-11-06102025080854-1000x0.jpg&w=1001&h=0)