On Tauthali, people from all over the district, from the old to the young, splashed each other with curd mixed with abeer from thekei and buckets.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
'Tauthali Dahi Jatra' is being celebrated on Friday at Tauthali market in Tripurasundari Rural Municipality-5, which is considered to be the old and historical city of Sindhupalchok. From the old to the young people, who came from all over the district, they splashed each other while taking curds mixed with abeer from thekei and buckets.
स्थानीय अगुवा मोहन श्रेष्ठका अनुसार ‘जय जय ओम महादेवी ’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ । भूकम्पपछि पुरातत्त्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा जात्रा झनै ठूलो भएको थियो । 'मुलुकमै यस्तो अनौठो दही छ्याप्ने परम्परा र अनेकौं प्राचीन पूजा, अनुष्ठान र जात्रा कहीँ छैन, यस्तो प्राचीन इतिहास बोकेको तौथलीमा मात्रै छ ,'उनले भने ।
दिउँसोबाट सुरु भएको दही छ्याप्ने जात्रा अबेरमा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिएको थियो । ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो । 'महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,' तौथलीका वडाध्यक्ष यादव श्रेष्ठले भने । गुठियार, स्थानीयले गाई, भैंसी नथाकोस् र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दै आएका छन् ।
‘खासमा दही प्रसादको रूपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ,’ उनले भने । दही जात्राको संरक्षणका लागि गाउँपालिकाले एक लाख बजेट छुट्याएको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली बडादसैँको फूलपातीबाट नै सुरु हुने गर्छ ।
![Dahi Jatra celebrated on Tauthali [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dahi-jatra-16-04102025025437-1000x0.jpg&w=1001&h=0)
![Dahi Jatra celebrated on Tauthali [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dahi-jatra-19-04102025025503-1000x0.jpg&w=1001&h=0)
![Dahi Jatra celebrated on Tauthali [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dahi-jatra-15-04102025025422-1000x0.jpg&w=1001&h=0)
![Dahi Jatra celebrated on Tauthali [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dahi-jatra-14-04102025025359-1000x0.jpg&w=1001&h=0)