हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।
काठमाडौँ — आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी। तलेजु भवानी मन्दिरमा पूजाआजा एवं दर्शन गर्न सबैका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।
