रातभर पानी परेपनि बिहान काठमाडौँबाट घर जानेहरूको भीड देखिएको छ।
काठमाडौँ — काठमाडौँ उपत्यकाबाट दसैं मनाउन घर जानेहरूको ताँती लागेको छ। शनिबार दसैँको फुलपाती हो। सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाहरू सोमबारदेखि दसैँका लागि विदा भएका छन्। कार्यालय विदा भएपछि काठमाडौँमा रहेर काम र पढाइ गर्नेहरू दसैँ मनाउन गाउँ फर्किएका हुन्।
![Crowds return to village to celebrate Dasain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/c7a0020-2992025061741-1000x0.jpg&w=1001&h=0)