खोकनामा सिकाली जात्रा [तस्बिरहरू]

परम्परागत पञ्चेबाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ ।

आश्विन ११, २०८२

दीपेन श्रेष्ठ

Sikali Jatra in Khokna [Photos]

काठमाडौँ — ललितपुर खोकनाका नेवार समुदायले हरेक वर्षझैं यसपालि पनि सिकाली जात्रा मनाइरहेका छन् । यहाँका नेवार समुदायले सिकालीलाई मुख्य पर्वका रुपमा लिन्छन् ।

Sikali Jatra in Khokna [Photos]

खोकनाका स्थानीयले रुद्रायणी देवीको शास्त्रीय नृत्यलाई टोलटोलमा परिक्रममा गरेर दसैंको समयमा सिकाली जात्रा मनाउँछन् । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन खोकनाको सिकाली चौरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने चलन छ ।

Sikali Jatra in Khokna [Photos]

घटस्थापनाका दिनबाट प्रारम्भ हुने यो जात्राको मुख्य दिन षष्टी तिथि हो । परम्परागत पञ्चेबाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ । देवगणको नाचपछि खुला चौरमा सामूहिक भोज खाने चलन पनि छ ।

Sikali Jatra in Khokna [Photos]
Sikali Jatra in Khokna [Photos]
Sikali Jatra in Khokna [Photos]
Sikali Jatra in Khokna [Photos]
Sikali Jatra in Khokna [Photos]

दीपेन

Link copied successfully