सोमबारको फूलपातीको बढाइँ कार्यक्रमको अन्तिम तयारीका लागि शुक्रबार टुँडिखेलस्थित सैनिकमञ्चमा सेनाले रिहर्सल गरेको हो ।
काठमाडौँ — सोमबारको फूलपातीको बढाइँ कार्यक्रमको अन्तिम तयारीका लागि शुक्रबार टुँडिखेलस्थित सैनिकमञ्चमा सेनाले रिहर्सल गरेको छ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो ।
![Final preparations for Phulpati Bahadan ceremony [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/55356868814718707171953773830580283151092804n-2692025034504-1000x0.jpg&w=1001&h=0)