सबैभन्दा धेरै खपत पनि दसैंमा नै हुने भएका कारण किसान तथा व्यापारीहरुले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा यतिबेला बिक्रीका लागि खसी/भेडा/च्याङ्ग्रा ल्याउन थालेका हुन् ।
काठमाडौँ — नेपालीहरुको महान तथा सबैभन्दा लामो चाड दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका खसी बजारमा हिमाली तथा पहाडी भेगबाट खसी/भेडा/च्याङ्ग्रा ल्याउन थालिएको छ । सबैभन्दा धेरै खपत पनि दसैंमा नै हुने भएका कारण किसान तथा व्यापारीहरुले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा यतिबेला बिक्रीका लागि खसी/भेडा/च्याङ्ग्रा ल्याउन थालेका हुन् । घटस्थापनादेखि नै भेडाच्याङ्ग्रा खरिद बिक्री हुने भएका कारण काठमाडौंमा विभिन्न समूहमा गरी भित्र्याइन लागिएको हो । कलंकीको खसी बजारमा ल्याइएका भेडा च्याङ्ग्राको बथान । तस्बिरहरु : सुर्याम्स उप्रेती
![Lamb/Changra at Market for Dasain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6864-2192025081848-1000x0.jpg&w=1001&h=0)