सरकारले अनुदान कटौती गरेपछि उखु किसान आन्दोलित [तस्बिरहरू]

बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ ।

भाद्र ८, २०८२

दीपेन श्रेष्ठ

Sugarcane farmers protest after govt cut subsidy [Photos]

काठमाडौँ — सरकारले बजेटमा उखु किसानका लागि अनुदान रकम कटौती गरेको भन्दै आइतबारदेखि किसानले काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन् । आन्दोलनका लागि देशभरका किसान काठमाडौं आएका छन् । आन्दोलनको पहिलो दिन उनीहरुले माइतीघरमा प्रदर्शन गरे ।

Sugarcane farmers protest after govt cut subsidy [Photos]

यसअघि जिल्लामा प्रदर्शन, चिनी मिल अगाडि धर्ना, कृषिमन्त्री र राजनीतिक दलका नेतृत्वसँग छलफल गरेका किसानले माग पूरा नभएको भन्दै राजधानी केन्द्रित आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् । बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ ।

Sugarcane farmers protest after govt cut subsidy [Photos]

उद्योगीले ५ सय ८५ रुपैयाँ प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकेका थिए । उखु काटेर उद्योगलाई बिक्री गरेर अनुदानको पर्खाइमा रहेको समयमा सरकारले भने अनुदान रकम कटौती गरेपछि किसान आन्दोलित भएका हुन् । किसानले सरकारले दिने अनुदान रकम अविलम्ब प्रदान गर्नुपर्ने माग उठाएका छन् ।

Sugarcane farmers protest after govt cut subsidy [Photos]
Sugarcane farmers protest after govt cut subsidy [Photos]
Sugarcane farmers protest after govt cut subsidy [Photos]
Sugarcane farmers protest after govt cut subsidy [Photos]
Sugarcane farmers protest after govt cut subsidy [Photos]

दीपेन श्रेष्ठ

Link copied successfully