विपिनको रिहाइका लागि युवाहरुको खबरदारी [तस्बिरहरु]

कञ्चनपुरका विपिनको रिहाइका लागि दबाब दिन तथा इजरायल पुगेका उनका आमा र बहिनीको समर्थनका लागि काठमाडौंको माइतीघर मण्डलमा मंगलबार युवाहरुले खबरदारी गरेका छन् ।

भाद्र ३, २०८२

दीपेन श्रेष्ठ

Youth vigil for Bipin's release [Photos]

काठमाडौँ — कञ्चनपुरका विपिनको रिहाइका लागि दबाब दिन तथा इजरायल पुगेका उनका आमा र बहिनीको समर्थनका लागि काठमाडौंको माइतीघर मण्डलमा मंगलबार युवाहरुले खबरदारी गरेका छन् । अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले उनका आमा र बहिनीलाई गत साता इजरायल झिकाएको छ  । विपिनजस्तै हमासले बन्धक बनाएका अन्य विभिन्न मुलुकका व्यक्तिका आफन्तलाई समेत इजरायल झिकाइएको हो ।

Youth vigil for Bipin's release [Photos]

प्यालिस्टिनी लडाकु हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । हमासले विपिनसहित ५० जनालाई अझै फिर्ता गरेको छैन । हमासको आक्रमणमा परी किबुजमै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

Youth vigil for Bipin's release [Photos]
Youth vigil for Bipin's release [Photos]
Youth vigil for Bipin's release [Photos]
Youth vigil for Bipin's release [Photos]

दीपेन

Link copied successfully