भक्तपुरमा गठेमंगल पर्व [तस्बिरहरु]

श्रावण ७, २०८२

दीपेन श्रेष्ठ

Gathemangal Festival in Bhaktapur [Photos]

भक्तपुर — नेवार समुदायले भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा बुधबार घण्टाकर्णको दहन गर्दै गठेमंगल पर्व (गथांमुगः चःह्रे) मनाएका छन्  । साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाइन्छ । त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ । भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन छ ।

Gathemangal Festival in Bhaktapur [Photos]

दिनभर ठड्याइएको नर्कटले बनेको गठेमंगललाई घाम अस्ताएपछि नदीमा लगेर विर्सजन गरिन्छ । त्यस अगाडि छ्वालीको चिराग समातेर तीनपल्ट परिक्रम गराइने चलन पनि छ ।

Gathemangal Festival in Bhaktapur [Photos]

केही स्थानमा भने विभिन्न स्थानका गठेमंगललाई एकत्रित गरेर जलाउने चलन मात्र पनि छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ । यसबाट किटाणु भाग्ने विश्वास छ । परापूर्वकालमा नास्तिक व्यक्तिले कानमा घण्टा झुन्ड्याएको र उनको आतंकले धेरैलाई गाह्रो भएको उनलाई दहन गरिएको कथन पनि छ ।

Gathemangal Festival in Bhaktapur [Photos]

यस्तै अर्को किम्बदन्तीअनुसार ठूलो खानदानकी युवतीसँग प्रेममा परेका एक युवालाई समाजले नस्विकारे बेवारिसे बनाइएको थियो । उनै युवाको मृत्यु सडकमै भएपछि दहन गरेको थियो ।

Gathemangal Festival in Bhaktapur [Photos]

त्यसै हुनाले पछि परालको मान्छे बनाई दहन गर्ने परम्परा चलेको पनि मानिन्छ । यस दिन घरको मूल ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाड्ने पनि गरिन्छ । यस्तै फलामको औंठी लगाउने चलन पनि छ । ज्यापू समुदायमा धान रोप्ने बेलामा आमन्त्रित शक्ति पन्छाएर पनि यो पर्व मनाउने गरिन्छ ।

दीपेन

Link copied successfully