काठमाडौँ — हरेक वर्ष यही मौसममा फुल्ने ज्याकारान्डाले काठमाडौंका सडक, फुटपाथ र पार्कहरू बैजनीमय भएको छ । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'ज्याकारान्डा माइमोसिफोलिया' भएको बताएपछि अहिले आम मानिसहरू यसलाई 'ज्याकारान्डा' बाटै चिन्छन् ।
खासमा स्थानीय नेवार समुदायमा भने ‘चखुँचा स्वाँ’अर्थात् भँगेरी फूल भनेर पनि यो फूललाई चिन्छन् । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार काठमाडौंका सडकछेउमा यस्ता फूल फुल्न थालेको आधा दशकजति मात्रै भएको छ । साथै नेपालका लागि ज्याकारान्डा एक आयातित वनस्पति भएको विज्ञहरूको भनाइ छ ।
![Kathmandu in the Shadow of the Jacaranda [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/blue-jacaranda-treedsc0160-0552025081712-1000x0.jpg&w=1001&h=0)
![Kathmandu in the Shadow of the Jacaranda [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/blue-jacaranda-1-0552025081943-1000x0.jpg&w=1001&h=0)