‘छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ’

आन्दोलनले कसरी गति लिएको थियो भन्ने विषय ‘डिस्कर्ड’ मा भएको संवादबाट जानकारी हुने रहेछ । अनुसन्धानमा पनि काम लाग्ने विषय ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

'Investigation should be carried out and the culprits should be punished'

What you should know

काठमाडौँ — सरकारले फरेन्सिक ल्याबबाट, विषय विशेषज्ञबाट वा एक्स्पर्ट झिकाएर छानबिन गर्नुपर्ने दायित्व होइन ? यो आकस्मिक घटना हो वा सुनियोजित षड्यन्त्र हो ?–वाईएन दाहाल

बाटो त बन्द थियो तर हेलिकोप्टर प्रयोग हुन सक्थ्यो । जंगलको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरेको नेपालको इतिहास छ । जंगलको आगोमा हेलिकोप्टर प्रयोग भयो भने सिंहदरबारमा किन भएन ?

–चीरन कँडेल

राम्रोसँग छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्छ ।

–मनहरि पौडेल

आन्दोलनले कसरी गति लिएको थियो भन्ने विषय ‘डिस्कर्ड’ मा भएको संवादबाट जानकारी हुने रहेछ । अनुसन्धानमा पनि काम लाग्ने विषय ।

–ऋषिराम निरौला

गहिरो अनुसन्धान हुन आवश्यक छ । ताकि आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नपाउन् ।

–नारायण पाण्डे

 राष्ट्रगान र राष्ट्रिय झन्डाको सम्मान गरौं

देशको राष्ट्रगान गम्भीर विषय हो । यो जताततै गाउन पाइन्न । जथाभावी बजाउन हुन्न । सरकारी सभा समारोह वा अन्य औपचारिक कार्यक्रम सुरु हुनुपूर्व गाइन्छ, सम्मान साथ ।

त्यसैगरी राष्ट्रिय झन्डा जताततै राख्न पाइन्न । कार्यालयहरूमा अनि कार्यालयको प्रमुखको कार्यकक्षमा राख्न सकिन्छ । सरकार प्रमुख, संवैधानिक निकायका प्रमुखहरू, सभामुख, मन्त्रीहरू लगायतका उच्च पदमा रहेका व्यक्तित्वको सवारीसाधनमा मात्र नेपालको झन्डा राख्ने हो । राष्ट्रिय उत्सव महोत्सव र विदेशी सरकार प्रमुखको भ्रमणको बेला बाटाघाटामा राष्ट्रिय झन्डा सजाउन सकिन्छ तर सीमित समयपछि त्यो निकाल्नुपर्छ ।

आजकाल साइकलदेखि कारसम्म व्यक्तिगत सवारी साधनमा राष्ट्रिय झन्डा राखिएको पाइन्छ । एउटा कलाकारले जीउमा बेरेर स्टेजमा गाइरा’को हुन्छ । खासमा त्यस्तो गर्नु दुरुपयोग हो । देशको झन्डा राजनीतिक पार्टीको क्रियाकलापमा समेत प्रयोग भएको पाइएको छ । खासमा राष्ट्रगान र राष्ट्रिय झन्डाको प्रयोग जताततै गर्दा यसको महत्त्व र गौरव बढ्ने होइन । तसर्थ यस विषयमा आजैबाट हामी गम्भीर बन्ने पो हो कि ?

– पर्वत सञ्जेल, धरान–१७

नेतालाई जे बोल्न पनि छुट ?

तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली काग्रेसकी केन्द्रीय सदस्य आरजु राणा र दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण आयोगले छानबिन गरिरहेको छ । ओली भनिरहेका छन्, ‘यो छानबिन आयोगको औचित्य छैन । यो सरकारको पनि औचित्य छैन ।’ यसरी समाजलाई भ्रम फैलाउने काम हुँदा कहींकतैबाट बोल्न रोक छैन । जनताले बोल्दा सजाय पाउने यो देशमा नेताले जे बोल्दा सही हुन्छ । लेख्ने कलम बन्द गरिन्छ तर नेताको बोलीमा अकुंश लगाउने कोही छैन ।

 – पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

कान्तिपुर

Link copied successfully