अहिले यसो हेर्दा सरकारको उद्देश्य निर्वाचन गराउने मात्र हो कि जस्तो देखिएको छ । यो सरासर गलत हो । निर्वाचनका लागि मात्रै निर्वाचन गराउनुको कुनै अर्थ छैन ।
वर्तमान सरकारको काम निर्वाचन गराउने मात्र कदापि होइन । यसले त जेन–जीले उठाएका जायज माग तत्काल सम्बोधन गर्ने र तिनलाई पूरा गर्नेतर्फ लाग्नुपर्छ । अहिले यसो हेर्दा सरकारको उद्देश्य निर्वाचन गराउने मात्र हो कि जस्तो देखिएको छ । यो सरासर गलत हो । निर्वाचनका लागि मात्रै निर्वाचन गराउनुको कुनै अर्थ छैन ।
देशको ढुकुटी सकेर यही अवस्थामा निर्वाचनमा जानु भनेको युवाहरूप्रति धोका दिनु हो । यस्तो निर्वाचन त यसभन्दा अघि पनि भएको थियो । त्यसले के परिणाम दियो ? हामी सबैले देखेभोगेकै छौं । त्यसकारण निर्वाचनमा मात्र होइन, देशमा पहिले सुशासन ल्याउने काम पनि गर्नुपर्यो ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री युवाहरूको मात्र नभएर अहिले देशकै माग भएको छ । यसलाई अन्तरिम सरकारले सुन्न सकोस् । यही अवस्थामा निर्वाचन गराउने हो भने फेरि पनि त्यही हिजोकै परिपाटी दोहोरिनेछ । यत्रो बलिदान र आन्दोलनको कुनै अर्थ रहने छैन ।
जेन–जीको शान्तिपूर्ण आन्दोलन दबाउन बल प्रयोग गर्ने प्रहरी र त्यो आदेश दिनेलाई खोइ कारबाही गरेको ? तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, सीडीओ र प्रहरी प्रमुख दोषी हुन् भने उनीहरूलाई कारबाहीको दायरामा ल्याउन अब ढिला गर्नु भएन । सरकारले फेरि अर्को आन्दोलन निम्त्याउने काम नगरोस् । जेन–जी आन्दोलन र प्रदर्शनपछि त्यसको एउटा माग प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पनि बनेको थियो । खोइ त अहिलेसम्म त्यसबारे कुनै ‘प्रोसेस’ चालिएको ?
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
