ऊर्जा मन्त्रालयको ध्यान जाओस्

यतिबेला सबैभन्दा पहिले त प्रत्येक घरधुरी र जनताले महसुस गर्ने तरिकाको राहतको काम हुनुपर्ने छ ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Attention Ministry of Energy

काठमाडौँ — धेरैपछि युवाहरूको आन्दोलनले देशमा एक खालको परिवर्तन होला भन्ने महसुस गराएको छ । बेथिति, भ्रष्टाचार, पुस्तान्तरण, दल सुधार र नेतृत्व प्रणाली सम्बन्धमा उठेका आवाजले यस पटक ओज लिएको छ । सबै दल जेन–जीको आवाज आत्मसात् गर्न प्रयत्नरत छन् ।

जनताले ऊर्जा मन्त्रालयबाट विशेष कदम चालिनेमा विश्वास लिएका छन् । बाँकी विद्युत् महसुल उठाएर ढुकुटीमा थप्नुपर्ने जिम्मेवारीसमेत ऊर्जामन्त्रीको काँधमा आइपुगेको छ ।

यतिबेला सबैभन्दा पहिले त प्रत्येक घरधुरी र जनताले महसुस गर्ने तरिकाको राहतको काम हुनुपर्ने छ ।

समयमा शुल्क तिर्न नचाहने ती पहुँचवाला उद्योगपतिले पहिलेका सरकारमार्फत तिर्नुपर्ने शुल्कमा पटक–पटक भारी छुटसमेत पाएका छन् । तिनीहरूबाट बक्यौता असुल्न अब ढिला गर्नु हुन्न । 

हरेक सरकार परिवर्तनसँगै पहुँचवालाले छुट पाउने र जनताले भार बोकिरहने हुनु भएन । जनताको आवाज बोकेर गएका ऊर्जामन्त्रीले एक पटकका लागि मात्र लागू हुने गरी तिर्न बाँकी रहेको विद्युत् महसुल ‘हालसम्मको एकै पटक बुझाएमा लाग्ने जरिवानामा शतप्रतिशत छुट’ सहितको प्याकेज ल्याइदिनुपर्‍यो । अनि मात्र सर्वसाधारणले पनि राहत महसुस गर्नेछन् ।–सुरेश खतिवडा, बुद्धशान्ति गाउँपालिका–५, झापा

कान्तिपुर संवाददाता

Link copied successfully