तत्कालीन प्रधानमन्त्री उम्किन मिल्दैन

यस घटनाको तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका सीडीओले यसको जिम्मा लिनैपर्छ । प्रधानमन्त्रीले प्रहरीले गोली हानेको होइन भनेर पन्छिन मिल्दैन ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

The then prime minister cannot escape

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले गोली नचलाएको र प्रदर्शनका क्रममा चलेका गोली प्रहरीसँग नभएको जिकिर गरेका छन् । त्यसो हो भने जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएको ७४ जना कसले चलाएको गोली लागेर मृत्यु भए त ? यसको निष्पक्ष छानबिन हुन जरुरी छ । 

जेन–जी आन्दोलनका क्रममा म पनि नयाँ बानेश्वर संसद् भवनअगाडि थिएँ । प्रहरीले त्यहाँ अन्धाधुन्ध अश्रुग्यास छोडेर भीडलाई तितरबितर पारेको थियो । आन्दोलनकारी र प्रहरीबीच राम्रो समन्वय भइरहेका बेला एक्कासि प्रहरी आक्रोशित भएको र गोली चलेको सत्य हो । 

प्रहरीले तोकेको निषेधाज्ञा आन्दोलनकारीले नतोड्ने र प्रहरीले बल प्रयोग नगर्ने सहमतिमै युवाले प्रदर्शन गरेका थिए । तर, एक्कासि प्रहरीले कसको आदेशले हो– अश्रुग्यास हान्यो । भीड आक्रोशित बन्यो र गोली चल्यो । यस घटनाको तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका सीडीओले यसको जिम्मा लिनैपर्छ । प्रधानमन्त्रीले प्रहरीले गोली हानेको होइन भनेर पन्छिन मिल्दैन ।

–पुरुषोत्तम घिमिरे, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully