भ्रष्टाचार र बेथितिविरोधी जेन–जी

नेपालको इतिहासमा यो पहिलो घटना होला– यति साना कलिला बालबालिकामाथि सरकारले यति ठूलो दमन गरेको । स्कुल र कलेज ड्रेसमा विद्यार्थीहरू गिरफ्तार मात्रै भएनन्, छातीभन्दा माथि ताकी ताकी उनीहरूलाई गोली हानियो ।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

Anti-corruption and corruption Gen-G

काठमाडौँ — राजनीतिक दलहरूले गरेका ज्यादतीविरुद्ध जेन–जीले आन्दोलन गरे । आन्दोलन दबाउन सरकारले गोली चलाउने आदेश दियो । जसका कारण ७४ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । 

नेपालको इतिहासमा यो पहिलो घटना होला– यति साना कलिला बालबालिकामाथि सरकारले यति ठूलो दमन गरेको । स्कुल र कलेज ड्रेसमा विद्यार्थीहरू गिरफ्तार मात्रै भएनन्, छातीभन्दा माथि ताकी ताकी उनीहरूलाई गोली हानियो । 

संविधानमै लेखिएको छ, जनताले शान्तिपूर्ण रूपमा बोल्न, लेख्न, सभा/सम्मेलन गर्न र विरोध जनाउन पाउँछन् । यो नागरिकको नैसर्गिक मौलिक अधिकार पनि हो । सरकारले यसैको पूर्णतः हनन गर्‍यो । प्रधानमन्त्रीको कुर्सीमा विराजमान केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले सुरक्षाकर्मीलाई गोली चलाउन कसरी आदेश दिन सकेका होलान् ! निर्दयताको पराकाष्ठा भनेको सायद यही हो । कलेज/स्कुल ड्रेसमा आएका ती कलिला विद्यार्थीमाथि गोली चलाउँदा सुरक्षाकर्मीका हात पनि अलिकति काँपेनन् ? 

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म आइपुगेको हो । भदौ २३ गते बिहान ९ बजेदेखि काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरेका थिए । सरकारको ज्यादतीको विरुद्धमा कसैले आवाज नउठाएका बेला युवाहरूले सामूहिक आवाज उठाएर सराहनीय काम गरेका थिए । त्यो आन्दोलन केवल भ्रष्टाचारको विरुद्धमा मात्रै थिएन, मुलुकमा सिस्टम बसाल्ने कुरामा पनि केन्द्रित थियो । 

एउटै व्यक्ति सधैं पद र पावरमा बसेको देखेर वाक्कदिक्क भएका युवाले त्यसका विरुद्ध आन्दोलन गर्नु जायज थियो । आन्दोलन सफल पनि भयो । वास्तवमा यो जेन–जी आन्दोलन हुनुको कारक तत्त्व भनेकै भ्रष्ट नेतृत्व र तिनीहरूद्वारा संरक्षित गुन्डाराज नै हो ।

–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully