डिजिटल युगतर्फको यात्रामा देशहरू अघि बढिरहेका छन् । तर, हामीचाहिँ किन पछाडितिर फर्किन खोजेको ?
काठमाडौँ — पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएका बेला टिकटकमाथि प्रतिबन्ध लगाएर खुब आलोचना खेपे । छोटो समयमै टिकटकमाथिको प्रतिबन्ध फुकुवा भयो ।
अहिले अर्का कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले २६ सामाजिक सञ्जालमाथि बन्देज लगाएका छन् । वास्तवमा कम्युनिस्ट सरकार सामाजिक सञ्जालप्रति किन यतिविधि डराएका हँ ?
पहिला–पहिला देश बिस्तारै विकसित गतिमा हिँडिरहेका बेला देश राम्ररी नै चलिरहेको अवस्था थियो । सामाजिक सञ्जालहरू केही थिएनन् ।
हुलाकमार्फत चिठी आदानप्रदान र टेलिफोनमार्फत कुराकानी हुन्थ्यो । तर अहिले संसार फेरिएको छ । डिजिटल युगतर्फको यात्रामा देशहरू अघि बढिरहेका छन् ।
तर, हामीचाहिँ किन पछाडितिर फर्किन खोजेको ? सामाजिक सञ्जाल यसरी आफूखुसी मनलागी नियन्त्रणमा लिएर सर्वसाधारण नेपालीलाई दुःख दिनु भएन ।– प्रमिला पाण्डे थापा बत्तीसपुतली, धोबीखोला, काठमाडौं
