कहिले सुन्ने बालबालिकाको आर्तनाद !

व्यायामको कमीले बालबालिका शारीरिक र मानसिक स्वास्थ्य गुमाउँदै, शिक्षा मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउनुपर्छ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Never hear the children's cries!

काठमाडौँ — निजी विद्यालयमा अध्ययनरत बालबालिकालाई किताबको भारी बोकाउने विषय आलोचित बनिरहँदा ट्युसन संस्कृतिले उनीहरूलाई अरू गाँज्न थालेको छ ।

तोतेबोली बोल्ने शिशु र केटाकेटीलाई नियमित कक्षाबाहेक दुई–तीन घण्टा गृहकार्यका नाममा ट्युसन पढ्न बाध्य पारिँदै छ ।

अधिकांश विद्यार्थीले दिनभरि खुला आकाश देख्न पाउँदैनन्, शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न पढाइपछिको अत्यावश्यक व्यायामबाट वञ्चित गरिन्छ, उल्टै कोठामा थुनेर पीडामाथि पीडा थप्ने काम भइरहेको छ । 

मनोविद्हरू भन्छन्, औपचारिक शिक्षामा संलग्न शिशुकक्षादेखि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लगातारको तीन पिरियडसम्म जेनतेन स्थिर रहे पनि त्यसपछि दिमाग भारी हुँदा उनीहरूलाई कक्षामा बस्ने इच्छा रहँदैन । कतिपय विद्यार्थी क्लास छोडेर भाग्ने गर्छन्, जुन हामी आफैंले पनि अनुभव गर्दै आएका छौं । 

शिक्षा मन्त्रालयका पदाधिकारी एवं सरोकारवाला बालबालिकाको क्षतविक्षत शारीरिक र मानसिक स्थिति नियालेर थाकेका छैनन् ।

व्यायामको कमीबाट कलिला बालबालिकामा देखिन थालेको आँखाको कमजोरी, मोटोपना, चिडचिडाहट, निद्रामा कराउने, चिच्याउनेलगायत अनगिन्ती समस्या झेल्न हामी अभिभावक बाध्य छौं, विश्वभर प्रचलित बालअधिकार खोसेर उनीहरूको सिर्जनात्मक प्रतिभामाथि कतिन्जेल धावा बोलिरहने ? निर्दोष बालबालिकालाई अझ कतिन्जेल थिलथिलो पारिरहने ? –भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं 

कान्तिपुर संवाददाता

Link copied successfully