राजधानी आन्दोलनमय

आन्दोलनकारी र सरकारबीच संवादको अभावले सडकमा जाम, सर्वसाधारणले यसबाट दैनिक सास्ती भोग्नुपरेको छ।

भाद्र १८, २०८२

पाठक पत्र

The capital is in turmoil

काठमाडौँ — अहिले काठमाडौं आन्दोलनमय बनेको छ । राजधानीका सडकमा शिक्षक, उखु किसान र कवाड व्यवसायी आन्दोलित भइरहेका छन् ।

सडक आन्दोलन नै अन्तिम विकल्प सोच्ने आन्दोलनकारी र आन्दोलन नगरी नसुन्ने सरकारको पाराले सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।

घण्टौं सवारी जाम छ, ट्राफिकलाई सडक खुलाउन हम्मेहम्मे परेको छ । बिरामी लिएर अस्पताल गइरहेका एम्बुलेन्सले समेत बाटो पाएका छैनन् । आन्दोलनकारीसँग तुरुन्त वार्ता–संवाद गरी समस्या समाधान गर्न सरकारलाई के कुराले रोकेको छ हँ ! 

–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully