टुटफुटवाला एकीकृत वामपन्थी !

एक पटक नेतृत्वमा पुगेपछि वाम नेतालाई सधैं त्यही पदमा टाँसिएर बस्न मन लाग्छ ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Left-wing integrated left!

What you should know

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला नाम चलेकै वामपन्थी नेतामा पर्छन् । दलको पोलिटब्युरो तहसम्म र सरकारमा मन्त्रीसम्मको अनुभव बटुल्न भ्याएका यिनी पार्टी अध्यक्ष माधव नेपालका विश्वासपात्र मानिन्छन् ।

जहाँनियाँ निरंकुश राणा सरकारको जगजगी भएका बेला वैचारिक तथा त्यागी नेता स्व.पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको वामपन्थी दलको इतिहास नेता ज्वालाले भनेजस्तै चरम गुटबन्दी र टुटफुटमय छ ।

मनमोहन र मदन भण्डारीहरूको वैचारिक लाइन तथा त्याग, योगदान र तपस्याका कारण एक समय चम्किएको वाम आन्दोलनको वर्तमान पनि त्यति सुखद् भएझैं लाग्दैन । एक पटक नेतृत्वमा पुगेपछि वाम नेतालाई सधैं त्यही पदमा टाँसिएर बस्न मन लाग्छ । 

अहिलेका सबैजसो वाम नेतामा यो रोग देखिन्छ । एमालेमा लामो समय नेतृत्वमा रहेका नेपाल–खनालहरू बाक्लो दाल खानका लागि छँदाखाँदाको दल छाडेर नाङ्लो पसले बने । दल फुटाए र नाम एकीकृत राखे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् या नेकपा मसालका नेता मोहनविक्रम सिंह या सीपी मैनालीलगायत धेरैको इतिहास मिल्दोजुल्दो छ । 

कोरा सिद्धान्त ओकलेर मात्र नहुने भन्ने बुझेका मदन र मनमोहन अधिकारीचाहिँ साँच्चैका राजनेता भएकाले बहुदलवादको प्रादुर्भावसँगै देश अहिले लोकतन्त्रात्मक भएको छ । तर मदन र मनमोहनको ब्याजले मात्र अब ज्वालाहरूले दल टिकाइराख्न सक्दैनन् । देशलाई मनमुटुमा राखेर बलियो वामपन्थी दल बनाउने हो भने ज्वालाहरूले नै त्यसको थालनी गर्न धेरै कुरा कुर्वानी गर्नुपर्छ ।

अब ज्वालाहरूले पोल्ने र डढाउने होइन, न्यानो ताप दिने उद्यम गरे काफी हुनेछ । वाम सिद्धान्तमा आधारित भएर जति लेख्ने हो कार्ल मार्क्स, माओ, पुष्पलाल र मोहनविक्रमहरूले लेखिसके । त्यो जगमा उभिएर काम गरेर देखाउने त तपाईंहरूको पालो होइन र ? –कृष्ण कुम्पुरे, आदमटार, धादिङ

कान्तिपुर

Link copied successfully