गर्नै नहुने काममा व्यस्त सरकार !

सरकार विभिन्न ११ प्रकारका जघन्य अपराधका कसुरमा आममाफी दिन मिल्ने कानुन बनाउने गृहकार्यमा

श्रावण १९, २०८२

पाठक पत्र

The government is busy with work that should not be done!

What you should know

काठमाडौँ — अनेक काण्ड मच्चाउनु र भ्रष्टाचारमा रमाउनु हाम्रा नेतागणको दैनिकी बनेको छ । सँगसँगै देश समृद्धिको यात्रामा छ र यो एकदमै सुशासित छ भन्ने खालको ‘सफेद झूट’ पनि बोल्नु सरकारको थेगो भएको छ ।

समयको परिवर्तन आश्चर्यजनक हुने भएकाले हामीले थाहै नपाई कुनै बेला सरकारमा साँच्चै सद्बुद्धि र अलौकिक दिव्य ज्ञान पलाउन पनि सक्छ । यदि त्यसो भएर ‘हामीबाट अहिलेसम्म एकदमै नकाम भयो, अबचाहिँ विगत दोहोर्‍याउनु हुँदैन’ भन्ने महसुस गर्दै धमाधम असल बन्दोबस्तका काम हुन थाल्यो भने पनि झूटो बोल्ने गोठालाको कथा पढेका जनतालाई पत्यार लाग्न केही महिना लाग्नेछ ।

साराले देखे/चिनेका थुप्रै भ्रष्टाचारी र सदाचारीका रूपमा रहेका उच्च पदाधिकारी छन् । आफू भ्रष्टाचारी भएपछि तिनको काम ‘आफ्नाको भ्रष्टाचार संरक्षण गर्नु’ हुने नै भयो । सामूहिक मन मिलेपछि, व्यवस्थापिका/कार्यपालिकाको चिन्तन, कसरी देश र जनतालाई राहत दिने खालको कानुन बनाउने भन्ने विषयमा केन्द्रित हुनुको साटो भ्रष्टाचार गर्न कसरी आफू र आफ्नालाई सजिलो बनाउने भन्ने विषयमा केन्द्रित हुने रहेछ । मन्त्रिपरिषद्को निर्णयका विरुद्ध उजुरै नलाग्ने, भ्रष्टाचारका विरुद्ध उजुर गर्ने समय छोट्याउने, न्यायाधीशको नियुक्ति पार्टीगत भागबन्डाका आधारमा गर्नेदेखि लिएर थुप्रै नीतिगत भ्रष्टाचारको व्यवस्था यस्तै चिन्तनका उपज हुन् । अझ पछिल्लो समयमा सरकार विभिन्न ११ प्रकारका जघन्य अपराधका कसुरमा आममाफी दिन मिल्ने कानुन बनाउने गृहकार्यमा जुटेको छ । बहुविवाहलाई वैधानिकता दिने खालको मस्यौदा तयारै भइसक्यो !

देश ‘ग्रे लिस्ट’ हुँदै ‘ब्ल्याक लिस्ट’ मा पर्ने सम्भावना भइसक्यो । यस्तो हुँदा पनि गर्नैपर्ने सयौं काममा एकजुट भएर लाग्नुपर्ने सरकार गर्नै नहुने काममा चाहिँ खोजीखोजी किन लागिपरेको होला ?

इन्द्रकुमार श्रेष्ठ, हाल: सिर्जनानगर, भक्तपुर

पाठक

Link copied successfully