कोइरालाको पछिल्लो समयको राजनीतिक भेटघाट र दौडधुपले पुनः एक पटक नेपाली कांग्रेसमा उनको बलियो उपस्थिति देखाएको छ ।
काठमाडौँ — आफ्नै पार्टीभित्र प्रतिपक्षीको भूमिकामा देखिने नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलाबखत अनेक क्रियाकलापले चर्चामा आइरहन्छन् ।
आफ्नै पार्टीभित्र प्रतिपक्षीको भूमिकामा देखिनेनेपाली कांग्रेसका नेता शेखर कोइराला बेलाबखत अनेक क्रियाकलापले चर्चामा आइरहन्छन् । कहिले उनी माओवादीसँगको आफ्नै दलको गठबन्धन सरकार हुँदाहुँदै पनि प्रतिपक्षी दल नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा आफूपक्षीय नेतालाईमुख्यमन्त्री बनाएर चर्चामा आउँछन् त कहिले पार्टीको नीतिविपरीत विभिन्न दलका नेतासँग भेटेर गठबन्धन हल्लाउने खालको छलफलमा सहभागी भएर उनी चर्चामा आउँछन् । कोइरालाको पछिल्लो समयको राजनीतिक भेटघाट र दौडधुपले पुनः एक पटक नेपाली कांग्रेसमा उनको बलियो उपस्थिति देखाएको छ । कांग्रेस–माओवादीको गठबन्धन हुँदा सधैं एमालेसँगको गठबन्धन सरकार बन्नुपर्छ भन्ने उनको त्यो जोडबलले सार्थकता पाएको एक वर्ष पूरा गरिसकेको छ । अहिले आएर पुनः उनी यही गठबन्धनमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै राजनीतिक भेटघाटलाईतीव्रता दिइरहेका छन् । यदि कोइरालालाई पार्टीमा कसैले प्रधानमन्त्रीका लागि उचालेको छ भने त्यसमा पनि उनले सोच्नुपर्ने हुन सक्छ । यदि पार्टीमा कसैले उनलाई विश्वास दिलाएकै हो र अगाडि बढ्न प्रेरित गरेको छ भने त्यसका लागि सबैभन्दा पहिले त्यसको विश्वासिलो आधार खोज्नुपर्ने हुन्छ र आफ्नो पार्टीको दलको नेता भएर आउनुपर्ने हुन्छ । तब मात्र अन्य दलसँगको छलफल र भेटघाटको अर्थ हुन्छ । होइन भने कोइरालाको पछिल्लो भेटघाट र दौडधुपको कुनै अर्थ रहने देखिँदैन ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा
