नेपालजस्तो श्रमिक प्रधान मुलुकमा श्रमको मूल्य निर्धार णका नाममा गरि ने नाटक यति भयानक छ कि त्यसले श्रमिकको आत्मसम्मानमाथि नै चो ट पुर्याइरहेको छ ।
What you should know
काठमाडौँ — श्रमिकको पसिनालाई सस्तो मा किने र जीवन महँगो मा बे च्ने व्यवस्था कुनै पनि सभ्य समाजको सूचक हुन सक्दै न । जब श्रमले उचित मूल्य पाउँदैन, तब त्यस श्रमले सम्मान होइन, अपमान प्राप्त गर्छ । श्रमको उचित मूल्यबिना श्रमको सम्मान हुनै सक्दै न र यही असमानताबाट सुरु हुन्छ श्रमिकको पीडा र राष्ट्रको पतन ।
नेपालजस्तो श्रमिक प्रधान मुलुकमा श्रमको मूल्य निर्धार णका नाममा गरि ने नाटक यति भयानक छ कि त्यसले श्रमिकको आत्मसम्मानमाथि नै चो ट पुर्याइरहेको छ ।
श्रमिकको पसिनालाई सस्तो मा किने र जीवन महँगो मा बे च्ने व्यवस्था कुनै पनि सभ्य समाजको सूचक हुन सक्दै न । जब श्रमले उचित मूल्य पाउँदैन, तब त्यस श्रमले सम्मान होइन, अपमान प्राप्त गर्छ । श्रमको उचित मूल्यबिना श्रमको सम्मान हुनै सक्दै न र यही असमानताबाट सुरु हुन्छ श्रमिकको पीडा र राष्ट्रको पतन ।
सरकारले हालै राजपत्रमा प्रकाशित गरेको झन्डै १९ हजार रुपै याँ मासिक तलब दर , जसलाई ‘ न्यूनतम पारिश्रमिक’ भनिएको छ, वास्तवमा श्रमिकप्रति गरिएको सिधा अपमान र श्रम शोषणको ज्वलन्त नमुना हो । आज काठमाडौजस्तो सहर मा एउटा सानो कोठा भाडा मात्र ८–१० हजार पर्छ, बच्चाको स्कुल फि, औषधि खर्च, दैनिक उपभोग्य सामान र आकासिएको महँगीको चपे टामा यो पारिश्रमिकले श्रमिकलाई बाँच्न होइन, थिचिन मात्र पुग्छ ।
अझ विडम्बना त के भने , एउटै कम्पनीमा काम गनेर् कुनै व्यवस्थापक वा म्यानेजर को तलब लाखौं हुन्छ तर त्यही कम्पनीको ढोकामा उभिएर गेट खोल्ने वा पसलको पुछार मा सामान बोक्ने श्रमिकको तलब १५–२० हजार मै सीमित हुन्छ । दुवै को परिवार छ, दुवै को भोक समान छ, रोगी लाग्छ दुवैलाई । तर यहाँ तलबकै आधार मा वर्ग विभाजन गरिएको छ– एक सम्मानित नागरिक, अकोर् घाँटी झुकेको श्रमिक । यही भेदभावले श्रमिकलाई नागरिक नभएर जोतिने जनावर बनाएको छ ।
श्रमको सम्मान भाषणमा होइन, न्यायपूर्ण पारिश्रमिकमा देखिनुपर्छ । सञ्चय कोष, उपदान, करका नाममा श्रमिकको ज्यालाबाट झन् कटौती गर्नुको सट्टा काम गरेको दिनको कम्तीमा एक हजार रुपैयाँ हातमा पानेर् ग्यारेन्टी दिनुपर्छ– त्यो हो साँचो सामाजिक सुरक्षा ।
– सन्तोष सिम्खडा, टोकियो , जापान
