कसैमा मनोरञ्जन, हास्य, गीतसंगीतका साथै कुनै विशेष सीप प्रस्तुत गनेर् क्षमता छ भने तिनको भिडियो बनाएर युट्युबमा अपलोड गर्दा दर्शक बढ्दै गएमा पैसा कमाउन सक्छन् ।
What you should know
काठमाडौँ — सुविधा र प्रविधिले मानिसलाई अल्छी र पर निर्भर बनाउँदो रहेछ । अचेल हामी खान पकाउन मन नलागे र अनलाइनबाट खाना मगाएर खाने पनि छौँ । आजका शिक्षितलाई यो देशमा माटो छोएर गनेर् शारीरिक परिश्रमको काम होइन, बसीबसी खाने ‘ जागिर ’ चाहिएको छ । नभन्दै , वर्तमान समयमा कोठामै बसीबसी,खेलीखेली र रमाइरमाइ पैसा कमाउने खालका अवसर धेरै सिर्जना भएका छन् ।
सुविधा र प्रविधिले मानिसलाई अल्छी र पर निर्भर बनाउँदो रहेछ । अचेल हामी खान पकाउन मन नलागे र अनलाइनबाट खाना मगाएर खाने पनि छौँ । आजका शिक्षितलाई यो देशमा माटो छोएर गनेर् शारीरिक परिश्रमको काम होइन, बसीबसी खाने ‘ जागिर ’ चाहिएको छ । नभन्दै , वर्तमान समयमा कोठामै बसीबसी,
खेलीखेली र रमाइरमाइ पैसा कमाउने खालका अवसर धेरै सिर्जना भएका छन् ।
कसैमा मनोरञ्जन, हास्य, गीतसंगीतका साथै कुनै विशेष सीप प्रस्तुत गनेर् क्षमता छ भने तिनको भिडियो बनाएर युट्युबमा अपलोड गर्दा दर्शक बढ्दै गएमा पैसा कमाउन सक्छन् । लेखन, डिजाइन, अनुवाद, भिडियो सम्पादन वा प्रोग्रामिङजस्ता सीप भएमा पनि पैसा कमाउन सक्छन् । अनलाइन टिचिङ वा ट्युटरिङबाट पनि पैसा कमाएकै छन् । लेख्ने क्षमता भएकाले ब्लग लेखेर , विज्ञापन वा अफिलिएट माकेर्टिङबाट आम्दानी गर्न सक्छन् । नेपालमा पनि धेरै ब्लगरहरूले महिनामा लाखौं रुपैयाँ कमाइरहेका छन् ।
ई–कमर्स र अनलाइन व्यापार अर्को विकल्प हो । फेसबुक, इन्स्टाग्राम, टिकटक वा आफ्नै वेबसाइटमार्फत कपडा, किताब, हस्तकलाका सामान वा कुनै विशेष उत्पादन बेच्ने अनलाइन व्यापार पनि सजिलो र घरमै बस्न मिल्ने आम्दानीको माध्यम हो ।
मोबाइल एप र गेमिङबाट कमाइ गनेर् पनि धेरै छन् । आजको पुस्तालाई मन पनेर् भनेकै मोबाइल गेम खेल्ने वा एप चलाउने हो । केही विशेष एपहरू जस्तै एम टिकटक, स्न्याक भिडियो , क्वाइले भिडियो लाई विज्ञापनमार्फत आम्दानी दिलाउँछन् । यस्तै , गेम स्ट्रिमिङ प्लेटफर्म जस्तै ट्विच, फेसबुक गेमिङमा प्रत्यक्ष प्रसारण गरेर पैसा कमाउने पनि छन् । यति मात्र होइन, मिस्टप्ले , लक्टास्टिक, स्किल्जजस्तो एपले खेलेर पुरस्कार पाउने मौका दिन्छन् ।
‘ आजका युवाले कीर्तिपुर को डाँडामा बसे र महिनाको लाखौं कमाउन सक्छन् ।’ केही महिनाअघि नेपाली कांग्रेसका नेता गगन थापाले भने को यो भनाइ निकै चर्चित भएको थियो । हालै शिक्षामन्त्री र घुजी पन्तले पनि हाम्रा युवाले विदे शका कम्पनीबाट काम लिएर मासिक दुई लाखभन्दा बढी कमाउने गरेको कुर थाहा पाउनुभएछ ।
जसरी पनि पैसा कमाउनु नराम्रो नमानिएला । तर पैसा भने को एउटा विनिमयको साधन मात्र भएकाले कामलाई माटोमा गरिने श्रमसँग जोड्न सके उत्पादन हुने थियो । श्रमसँगै प्रविधि पनि गाँसिए उत्पादन बढ्नेछ । त्यसपछि बजार खोजिएला । यति भएपछि ‘ पैसा कमाइ’ मा सार्थकता देखिने थियो ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
ॅ
