कुलपतिलाई खुलापत्र

चन्द्रप्रसाद न्यौपानेद्वारा सम्पादित ‘ छन्द कवि कोश’ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको र हे छ ।

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

An open letter to the Chancellor

What you should know

काठमाडौँ — चन्द्रप्रसाद न्यौपानेद्वारा सम्पादित ‘ छन्द कवि कोश’ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको रहेछ । प्रतिष्ठानबाट प्रकाशित पुस्तकलाई धेरै हदसम्म आधिकारिक मान्नुपनेर् हुन्छ । तर यो कोशमा धेरै छन्द कविको नाम छुट्न गएको छ । यसै प्रतिष्ठानबाट २०७० सालमा विष्णु प्रभातद्वारा सम्पादित भई प्रकाशित भएको साहित्यकार कोश पनि अवलोकन गरिएको छैन भने साझा प्रकाशनद्वारा प्रकाशित तारानाथ शर्माको नेपाली साहित्यको इतिहास (२०५६) पनि हेरिएको छैन ।

चन्द्रप्रसाद न्यौपानेद्वारा सम्पादित ‘ छन्द कवि कोश’ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको रहेछ । प्रतिष्ठानबाट प्रकाशित पुस्तकलाई धेरै हदसम्म आधिकारिक मान्नुपनेर्  हुन्छ । तर यो कोशमा धेरै छन्द कविको नाम छुट्न गएको छ । यसै प्रतिष्ठानबाट २०७० सालमा विष्णु प्रभातद्वारा  सम्पादित भई प्रकाशित भएको साहित्यकार कोश पनि अवलोकन गरिएको छैन भने साझा प्रकाशनद्वारा प्रकाशित तारानाथ शर्माको नेपाली साहित्यको इतिहास (२०५६) पनि हेरिएको छैन । त्यस्तै घटराज  भट्टराईद्वारा सम्पादित लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली लेखक कोश (२०५५) पनि हेरिएको छैन । त्यस्तै घटराज भट्टराईद्वारा संकलित नेसनल रिसर्च एसोसिएट्स काठमाडौबाट प्रकाशित नेपाली साहित्यकार परिचय कोश (२०५१) पनि पटक्कै अध्ययन भएको छैन । त्यसैले होला एउटै जिल्ला पाल्पाबाट पनि धेरै छन्द कवि छुटेका छन् ।

कोशकारको अध्ययन र अनुसन्धानको कमीले गर्दा कोश नै एकदमै त्रुटिपूर्ण हुन गएको छ । कोशकार बन्न हतारिने काम भएको छ । प्रतिष्ठानबाट प्रकाशित कृति यसरी त्रुटिपूर्ण हुनुबाट बौद्धिक जमात र साहित्यिक समाजमा नराम्रो प्रभाव पर्ने स्पष्ट छ ।

धनञ्जय पाल्पाली, तानसेन, पाल्पा

कान्तिपुर

Link copied successfully