मध्य वर्षामा पानीको संकट !

श्रावण २, २०८२

पाठक पत्र

Water crisis in the middle of rain!

What you should know

तराई खास गरी बारा र पर्सा क्षेत्रमा अहिले पानीको संकट देखिएको छ । यो ज्यादै चिन्ताको कुरा हो । मध्य वर्षाका बेला पानीको यस किसिमको संकट देखिनु भनेको आश्चर्यको कुरा पनि हो । वास्तवमा जलवायु परिवर्तनले ल्याएको अर्को संकटका रूपमा पनि यसलाई बुझ्नुपर्छ कि !

मुख्य गरी चुरेक्षेत्रलाई सबै तहका सरकारले दोहनको माध्यम बनाउनु यो संकटको प्रमुख कारण हो । यसतर्फ कसैको ध्यान गएको छैन । मित्रराष्ट्र चीन र भारतले विभिन्न प्रविधि प्रयोग गरेर आफ्ना मरुभूमि क्षेत्रलाई हरियालीपूर्ण बनाउँदै छन् । मरुभूमिमै उच्च प्रविधियुक्त खेती प्रणाली अपनाएर एउटा पनि नदी नभएको देश साउदी अरेवियाले गहुँ उत्पादन गरी निर्यात गरिरहेको छ । हामी भने यस्ता सामान्य समस्यालाई पनि समाधान गर्न नसक्ने देश भएका छौं । हाम्रा नेताहरूलाई सत्ता प्राप्ति र त्यसपछि गर्ने चरम भ्रष्टाचार गर्दै फुर्सद छैन, कर्मचारीतन्त्र निकम्मा छ । यस्तोमा दुःख पाउने भनेका जनता त हुन् ! 

अहिले पानीको हाहाकारलाई अल्पकालीन समाधानका रूपमा मधेश प्रदेशका मुख्यमन्त्रीले अवलम्बन गरेको भूमिका सराहनीय छ । तर दीर्घकालीन समाधानका लागि तीनै तहका सरकार लाग्न जरुरी छ । मधेशका धेरै ठाउँमा प्राकृतिक वा कृत्रिम पोखरी प्रशस्तै छन् । पानी भण्डारण र बाढी नियन्त्रणमा यी पोखरीको ठूलो महत्त्व छ । यिनलाई त्यही रूपमा उपयोग गर्ने कि !

हीरा विश्वकर्मा, काठमाडौं

पाठक

Link copied successfully