पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउको दुख्नु त स्वाभाविक होला तर कांग्रेस सभापति शेरबहादुर देउवा किन सशंकित र तर्सिरहेका छन्, यो कुरा भने बुझ्न सकिएन ।
कांग्रेस सभापति देउवाले भण्डारीप्रति लक्षित गर्दै ‘के नपुगेर फेरि राजनीतिमा आउन लागेको हो ?’ भन्ने प्रश्न गरेको सुन्दा अचम्म लाग्यो । यही प्रश्न कसैले सभापति देउवालाई सोध्यो भने उनको जवाफ के होला ? आफूलाई जहिले पनि पद र पावर चाहिने तर अरूले राजनीति गर्छु भन्दा त्यस्तो प्रश्न गर्ने देउवालाई के भन्ने ?
राजनीति गरेको व्यक्तिले फेरि राजनीति नै गर्छु, म सरकारले दिएको सेवा सुविधा फिर्ता गरेर राजनीतिमै पुनः सक्रिय हुन चाहन्छु भन्न पनि नपाउने हो र ? प्रधानमन्त्री ओलीले अध्यक्ष पद खोसिने डर र आशंकाले विरोध गर्नु एक हदसम्म जायज मानिएला तर कांग्रेस सभापतिलाई विद्यादेवी राजनीतिमा आउँदा केको छटपटी ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
