दुःखका भारी

असार १६, २०८२

कान्तिपुर संवाददाता

Heavy of sorrow

काठमाडौँ — कान्तिपुरमा प्रकाशित ‘सपरिवार भारत सर्दै पश्चिम पहाडका नेपाली’ शीर्षक खबरले जलवायु परिवर्तनको सन्दर्भ जोडेर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी बासिन्दाले भोगेका दुःखकष्टको दारुण चित्र पस्केको छ ।

कान्तिपुरमा प्रकाशित ‘सपरिवार भारत सर्दै पश्चिम पहाडका नेपाली’ शीर्षक खबरले जलवायु परिवर्तनको सन्दर्भ जोडेर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी बासिन्दाले भोगेका दुःखकष्टको दारुण चित्र पस्केको छ । भारततर्फ बसाइँ सर्न बाध्य विषयसँग सम्बन्धित यो समाचारले दशकौंदेखि कति पीडा र दुःख सहन बाध्य छन्, सुदूर र कर्णाली प्रदेशका पहाडी भूभागका बासिन्दा भन्ने कुरा छर्लंग देखाइदिएको छ । 
दशकौंदेखि दुवै प्रदेशका पहाडी भूभागबाट बूढाबूढी, महिला, केटाकेटीलाई घरमा छोडेर पुरुषहरू मौसमी कामदारका रूपमा भारतमा कृषि मजदुर, चौकीदार, ज्यालादार, खाना पकाउने, सरसफाइमा संलग्न हुनेलगायत गतिविधिमा संलग्न रहँदै आएको पाइन्छ । केही वर्षयता जलवायु परिवर्तन समेतबाट कृषि उत्पादन घटेको र जीवनयापनमा कठिनाइ परेका कारण कृषिमा निर्भर सर्वसाधारणले भारत पलायनको बाटो रोज्न थालेका छन् । उक्त कुरा श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले सार्वजनिक गरेको नेपाल आप्रवासन र जलवायु परिवर्तन अनुकूलनका लागि मानव सुरक्षा र लैंगिक समानतामा आधारित दृष्टिकोण प्रवर्द्धन परियोजनाले औंल्याएको हो । 
विगतमा पश्चिम पहाडका अधिकांश बासिन्दाले बर्सेनि भारतको काला पहाडमा गएर आर्जन गरी ल्याएको रकमबाट जेनतेन परिवार धान्दै आएको परिस्थितिबीच अब उनीहरूको ध्यान भारतको दक्षिणी सहर चेन्नइतर्फ खिचिएको छ । त्यहाँ भाषाको समस्या देखिए पनि अरू ठाउँभन्दा सुरक्षित भएको, सानोतिनो काम पाउन कठिनाइ नभएको सन्दर्भ एकातिर छ भने अर्कोतिर पारिवारिक बेमेल, झैझगडाका कारण धेरै परिवारका बालबालिका प्रताडित बनिरहेको दुःखदायी परिस्थिति पनि छ । दुःख र पीडाका बीच जातीय विभेद, असमानतालाई आत्मसात् गर्दै सबै मिलेर देउडा नाचमा खुसी बाँडेको सन्दर्भ चाहिँ सुखद लाग्यो । 
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं 

कान्तिपुर संवाददाता

Link copied successfully