सडकपेटीमा मकै पोलेर, चना बेचेर, ससाना किराना पसल राखेर र चिया पसल चलाएर दुई–चार पैसा जम्मा गरेर भविष्यमा केही गरौंला भन्ने सोचेका सहकारीमा रकम बचत गर्नेको अहिले बिचल्ली भएको छ ।
त्यसरी आफूले जम्मा गरेको पैसा चाहिँदा निकाल्न नपाउने र निकाल्न जाँदा उल्टै सहकारीका सञ्चालकहरूले हप्काएर पठाउने यो कस्तो विसंगति हो ? पैसा जम्मा गर्ने बेलामा अनेक प्रलोभन देखाएर जम्मा गर्न लगाउने अनि निकाल्न जाँदा पैसा छैन भन्ने सञ्चालकलाई राज्यले खोइ त कारबाही गरेको ! त्यस्ता पीडकलाई अब जेलमा राखेर मात्रै भएन, उनीहरूको सम्पत्ति जफत गरेर भए पनि पीडितलाई न्याय दिनुपर्यो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
