जारी इरान–इजरायल युद्धमा तेस्रो राष्ट्र अमेरिका पनि प्रत्यक्ष संलग्न भएको छ । अमेरिकाले आइतबार बिहान इरानका ३ स्थानको परमाणु अनुसन्धान केन्द्रमा भारी मात्रामा बम विस्फोट गरेर आफ्नो संलग्नता सार्वजनिक गरेको हो ।
दुई देशको युद्धमा तेस्रो देश प्रत्यक्ष संलग्न हुनु चिन्ताजनक विषय मात्र होइन, खेदजनकसमेत छ । दुई देशको द्वन्द्वमा युद्धविरामको प्रयास गर्नुको साटो आफैं प्रत्यक्ष युद्धमा होमिएर विश्व शान्ति खल्बलाउने कार्य गर्ने अमेरिकाले विश्वभरिका तमाम शान्तिकामी जनताका सामु त्यसको जवाफ दिन जरुरी छ । किनकि, कुनै पनि देशलाई अर्को देशमा आक्रमण गर्ने, युद्ध फैलाउने अधिकार छैन । जब तेस्रो राष्ट्र युद्धमा सहभागी हुन आउँछ, त्यसपछि चौथो, पाँचौं गर्दै संसारभरिका देश ध्रुवीकृत हुँदै युद्धमा मिसिन थाल्छन् । दोस्रो विश्वयुद्ध यसरी नै अगाडि बढेको इतिहास हाम्रा सामु छ ।
आज जसरी अमेरिकाले इजरायललाई साथ दिँदै इरानमा बम हानिरहेको छ, भोलिका दिनमा रुस, चीन, उत्तर कोरियाले पनि इरानलाई साथ दिँदै इजरायलमाथि बम दागेमा अमेरिकाले कुन नैतिकताका आधारमा त्यसको विरोध गर्ने ? तसर्थ, विश्वमा शान्ति कायम गर्ने जिम्मेवारी सबैले लिऔं । कसैले पनि दादागिरी र बडप्पन नदेखाऔं ।
– गोपाल देवकोटा, चाबहिल, काठमाडौं
