अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अवैध आप्रवासीलाई देश निकाला गर्ने अभियान नै चलाएका छन् । अन्य देशका नागरिक जस्तै नेपाली पनि देश निकालामा परेका छन् ।
यसरी अमेरिकाबाट निकालामा पर्नेमा केही अपवाद छाडेर विभिन्न अपराधकर्म गरेर सरकारमा दर्ज भएका, वार्षिक कर चुक्ता नगरेका, नगदमा काम गरेर कम कर चुकाएका र कम आय देखाएर खाद्य तथा स्वास्थ्य सहायता लिइरहेका, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, घरेलु हिंसामा परेका र विद्यार्थीका रूपमा आएर नियमले पाउने साप्ताहिक २० घण्टाभन्दा बढी नगदमा काम गर्नेहरू नै अमेरिकाबाट निकालामा परेका हुन् ।
– नवीन रायमाझी, नयाँ बजार, काठमाडौं, हाल: अमेरिका
