शैक्षिक अराजकताले घेरिएको त्रिभुवन विश्वविद्यालय

असार ६, २०८२

पाठक पत्र

Tribhuvan University surrounded by academic chaos

शैक्षिक क्षेत्रमा मुलुककै अभिभावक बन्नुपर्ने त्रिभुवन विश्वविद्यालय निरन्तर अवाञ्छित गतिविधिको चपेटामा पर्दै आएको छ ।

२०४६ को राजनीतिक परिवर्तनपछि साढे दुई दर्जन सरकार बने पनि राजनीतिक दल, नेतृत्वसँग आबद्ध विद्यार्थीबाट हुने तोडफोड, हंगामा कसैले नियन्त्रण गर्न सकेको छैन ।
त्रिविको यस्तै सन्दर्भलाई जोडेर बुधबार प्रकाशित अविनको कार्टुन चित्र र आलोचनात्मक अभिव्यक्तिले उक्त संस्था विद्यार्थी राजनीतिको चपेटाबाट जर्जर बन्दै गएको पुष्टि हुन्छ ।
यथार्थमा उक्त कार्टुन केही समयअघि नेविसंघका विद्यार्थी नेताले त्रिविमा हंगामा मच्चाएको, तोडफोड गरेको, त्रिविका पदाधिकारीमाथि जाइलाग्न पछि नपरेको विषयसँग सम्बन्धित पनि देखिन्छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक पत्र

Link copied successfully