पूर्वमन्त्री आफताब आलमबाट पीडित श्रीनारायण सिंहको भक्कानिएको अनुहार हेर्दा मनै अमिलो भएर आयो । न्याय हराउँदा त्यो अनुहार साँच्चै पीडादायी छ ।
वास्तवमा शेरबहादुर देउवाले आलमलाई ‘न्याय’ दिलाएरै छाडे । अहिले आलम जुँगामा ताउ दिँदै घर फर्किसकेका छन् । नयाँ नेपालमा एक निरीह गरिबको बसमा आँसुबाहेक केही हुँदो रहेनछ । कान्तिपुरले मुखपृष्ठमा प्रकाशित गरेको श्रीनारायण सिंहको भक्कानिएको अनुहार हेर्दा त्यस्तै लाग्यो ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज
