किसानले उत्पादन गरेको डेढ लाख टन चैते धान बिक्री नभएको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा साढे ३५ अर्ब बराबरको धान–चामल भने भारतबाट आयात भएको छ । आफ्नो देशमा उत्पादन भएको धान बिक्री नहुने र भारतबाट निरन्तर धान–चामल आयात भइरहनु यो कस्तो विडम्बना हो ? सम्बन्धित निकाय यस्ता कुराप्रति संवेदनशील नभएसम्म भारतलाई पोस्ने र नेपाललाई कंगाल बनाइरहने उपक्रम चलिरहनेछ । कृषिमा आत्मनिर्भर हुने सपना सपनामै सीमित रहनेछ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
