जनताको ध्यान मोड्ने प्रयास

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

An attempt to divert public attention

काठमाडौँ — संयोग भनौं वा नियोजित– यो देशमा जसरी भ्रष्टाचार, काण्ड र अन्यायका घटना एकपछि अर्को भइरहन्छन्, त्यसरी नै तिनबाट जनताको ध्यान अन्यत्र मोड्न पनि केही न केही भइरहन्छन् । हिजोअस्तिसम्म पोखरा विमानस्थलमा भएको भ्रष्टाचारका बारेमा असन्तुष्टि पोखिँदै थियो ।

संयोग भनौं वा नियोजित– यो देशमा जसरी भ्रष्टाचार, काण्ड र अन्यायका घटना एकपछि अर्को भइरहन्छन्, त्यसरी नै तिनबाट जनताको ध्यान अन्यत्र मोड्न पनि केही न केही भइरहन्छन् । हिजोअस्तिसम्म पोखरा विमानस्थलमा भएको भ्रष्टाचारका बारेमा असन्तुष्टि पोखिँदै थियो । मानिसलाई जिउँदै इँटाभट्टामा हालेर मार्ने मोहम्मद आफताब आलमलाई न्यायालयले उन्मुक्ति दिएको विषयमा पनि आक्रोश पोखिँदै थियो । त्यत्तिकैमा गृहमन्त्रीको भिजिट भिसा प्रकरणको चर्चा हुन थाल्यो । योसँगै १७ वर्षअघि पूर्वसभामुख अग्नि सापटोकाविरुद्ध परेको ज्यानमुद्दा अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको कुरा आयो । यसैबीच पछिल्लो पटक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको विषयले बजार तताएको छ ।

कानुन सबैले पालना गर्नुपर्छ र कानुनका दृष्टिमा सबै बराबर हुन्छन् । यो कुरा अन्य विकसित र सुशासित मुलुकमा लागू भएकै छ । तर हाम्रो देशका ठूला नेता आफूलाई कानुन नलाग्ने राणाशासक वा राजासमान ठान्छन् । त्यही भएर उनीहरू निर्धक्कसँग भन्छन्, ‘दोषी भए मलाई पनि कारबाही होस् । मबाटै छानबिन सुरु गरियोस् ।’ मुद्दा दायर हुनु, उजुरी पर्नु खासै ठूलो कुरो होइन । कानुनबमोजिम कारबाही हुनुचाहिँ ठूलो कुरा हो । अख्तियारले धमाधम मुद्दा दायर गर्नमा आँट गरोस् । न्यायालयले धमाधम न्यायपूर्ण फैसला गरोस् । यति मात्र हुने हो भने यो देशमा सुशासनको सुरुआत हुनेछ ।

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

कान्तिपुर संवाददाता

Link copied successfully