गृह मन्त्रालयका सहसचिव एवं त्रिभुवन विमानस्थलका अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको मोबाइल, ल्यापटप आदिमा रेकर्ड भएका कुराको ल्याब परीक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाएको एक साता बितिसकेको छ ।
तर अहिलेसम्म उक्त परीक्षण रिपोर्ट आए/नआएको कुरा अख्तियारले सार्वजनिक गरेको छैन । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला गृह मन्त्रालयअन्तर्गत नै पर्छ । विभागीयमन्त्रीको इसारा नपाएसम्म प्रहरीले रिपोर्ट दिन नमिल्ने हो र ? झन् त्यसमाथि सहसचिव भट्टराई र गृहमन्त्रीबीच नै भिजिट भिसा सम्बन्धमा कुनै कुरा भएको रहेछ भने त प्रहरीले त्यो कुरा कुनै हालतमा दिनै सक्दैन । किनभने, आफ्नो जागिर सबैलाई प्यारो हुन्छ । पोखरीमा बसेर गोहीसँग शत्रुता लिने हिम्मत कसले पो गर्ला र ?
– गोपाल देवकोटा, कामनपा–७, चाबहिल, काठमाडौं
