जतिसुकै व्यवस्था परिवर्तन भए पनि आमजनताका दुःखका दिन गएनन् । यातायात व्यवसायीको आन्दोलनको घानमा पनि निर्धन र सर्वसाधारण व्यक्ति नै परे ।
आफ्नो साधन हुनेलाई यसले खासै असर गरेन । तर दैनिक ज्यालादारी गरेर प्राण धान्नेहरूको गाँस खोसियो । धेरै शिक्षक र विद्यार्थीलाई सम्बन्धित संस्थामा पुग्न धौ–धौ पर्यो । अत्यावश्यक काम हुनेहरू ठूलो रकम खर्च गरेर गन्तव्यमा पुग्नुपर्यो । ‘राइड सेयरिङ’ व्यवसायका सञ्चालकले मनोमानी ढंगबाट जनतालाई ठगेको विषय सार्वजनिक भयो । यसबाहेक लामो दूरीका कतिपय यात्रु बाटोमै अलपत्र परे, समयमै गन्तव्यमा पुग्न नपाउँदा बिरामीको बिचल्ली भएका हृदयविदारक परिदृश्यलाई सरोकारवालाले उपेक्षा गरेको देखियो, जुन ज्यादै दुःखद छन् ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
