हिजोआज दिनहुँ सडक तात्न पुगेका छन् । शिक्षकले लामो समय आन्दोलन गरेपश्चात् अहिले राजावादीले त्यस्तै लामो आन्दोलनको घोषणा भएका छन् ।
यो कहाँ गएर टुगिन्छ ? कुनै ठेगान छैन । अहिले सडक अशान्त हुँदा आमजनताले दिनहुँ निकै दुःख पाइरहेका छन् । यतिखेर दुई ठूला दल मिलेर सरकार चलाएका छन् । तथापि आमजनतामा आशा बाँड्ने काम उनीहरूले पनि गर्न सकेका छैनन् । यस कारण अहिले सडक अशान्त भएको हो, जनता आक्रोशित भएका हुन् । अब पनि गणतन्त्रवादी नेताहरू नसच्चिए, आफ्नो पदलोलुपता र स्वार्थ नत्यागे, जनतामा सेवाहरू सहज ढंगले पुर्याउन नसके उनीहरूका साथै अहिलेको व्यवस्थासमेत संकटमा पर्न सक्छ । अझै पनि समय छ– सच्चिने र सच्चाउन ढिला नगरौं ।
- गोपाल देवकोटा, कामनपा–७, चाबहिल
