प्यालेस्टिनी समूह हमास र इजरायली सरकारबीच सन् २०२३ अक्टोबर ७ तारिखदेखि सुरु भएको युद्ध २०२५ मे अन्तिमसम्म आइपुग्दा पनि रोकिएको छैन ।
संयुक्त राष्ट्रसंघ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको पहलमा एक महिनाअगाडि युद्ध रोकियो भनिएको भए पनि इजरायलले भने भित्रभित्रै झुक्याएर अति खतरनाक हतियार एवं मिसाइल प्रयोग गरी आक्रमण गरिरहेकै छ । इजरायलले प्यालेस्टिनी समूहमाथि नाकाबन्दी र अन्य देशबाट आउने खानेकुरामा समेत रोक लगाउन थालेको छ । रिस उठ्यो भन्दैमा बालबालिकालाई मारेर, अंगभंग बनाएर, अभिभावकबाट विछोड बनाएर सफाया गर्नु कठोर मानवताविरोधी कार्य हो ।
- तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं
